काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ६ महिनाभित्र निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई शान्तिपूर्ण रूपमा...

पुरा पढ्नुहाेस्

टिकटकर रमा बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, कारण देखाउ आदेश जारी

2.67K
shares
khanepani bord

काठमाडौं । टिकटकर रमा बस्नेतलाई गैरकानूनी रुपमा पक्राउ गरेर थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ । रमाका बाबु बलदेव बस्नेतले दायर गरेको निवेदनमाथि मंगलबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाईपछि उनलाई पक्राउ गर्नुको कारण देखाउ आदेश जारी गरेको छ ।

रमाका बाबुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, साईबर व्यूरो लगायतलाई प्रतिवादी बनाएर निवेदन दर्ता गरेका हुन् । उक्त निवेदनमाथी न्यायाधीश कुमार रेग्मीको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।

साइबर व्यूरोले टिकटकर बस्नेतलाई विद्युतिय कारोवार ऐनको उल्लंघन गरेको आरोपमा पक्राउ गरेको थियो । बस्नतेले प्रधानमन्त्री एवम नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र उनको पाटीलाई लक्षित गर्दै टिकटकमा गाली गरेकी थिईन । उनले ओली र एमालेलाई गाली गरेको भिडियो अहिले टिकटकदेखि सामाजिक सञ्जालमा भाइरल छ ।

khanepani