काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काठमाडौंको अनामगरस्थित योजना कार्यान्वयन निर्देशनालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...

पुरा पढ्नुहाेस्

ओलीको सुरक्षाकर्मी कटौती गरिएकोमा महेश बस्नेतको असन्तुष्टि, सरकारले गल्ती गरेको टिप्पणी

585
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीको सुरक्षा कटौती गरिएकोप्रति असन्तुष्टि जनाएका छन् ।

पूर्वप्रधानमन्त्रीको सुरक्षा घटाउनु सरकारको गम्भीर त्रुटि भएको उनको भनाइ छ ।

फेसबुकमा स्टाटस लेख्दै बस्नेतले पूर्वविशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्था गर्नु संसारका सबै सरकारको कानुनी र नैतिक दायित्व हुने बताएका छन् ।

‘यो दायित्वबाट सरकार भागेको अवस्थामा हामी हाम्रो आदरणीय अध्यक्षको सुरक्षा सुनिश्चित गर्न सक्षम छौँ भन्ने कुरा सबैलाई अवगत गराउन चाहन्छौँ।’ उनले भनेका छन् ।

khanepani