काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काठमाडौंको अनामगरस्थित योजना कार्यान्वयन निर्देशनालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...

पुरा पढ्नुहाेस्

फागुन २१ को निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्नेहरूको भीड

481
shares
khanepani bord

काठमाडौँ । फागुन २१ गतेको निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने मानिसहरूको भीड लाग्न थालेको छ । काठमाडौँ उपत्यका लगायतका विभिन्न जिल्ला निर्वाचन कार्यालयमा मानिसहरूको भीड लागेको हो ।

निर्वाचन आयोगले देशका जुनसुकै निर्वाचन कार्यालयबाट पनि मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने जनाएसँगै मतदाताको भीड बढेको हो । निर्वाचन आयोगको अनलाइनमा फारम भरेपछि उक्त फारमका आधारमा जहाँसुकै गएर फोटो र बायोमेट्रिक दिन सकिने आयोगको सूचनामा उल्लेख छ। फागुन २१ गते हुने निर्वाचनका लागि आयोगले कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन गर्ने जनाएको छ।

निर्वाचन आयोगका अनुसार काठमाडौँको मिनभवनस्थित जिल्ला निर्वाचन कार्यालय, ललितपुरको जावलाखेलस्थित जिल्ला निर्वाचन कार्यालय र भक्तपुरको सल्लाघारी सिर्जनानगरस्थित जिल्ला निर्वाचन कार्यालयमा गई फोटो खिचाउन र बायोमेट्रिक दिन सकिनेछ।

khanepani