काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा, अनुसन्धान अधिकृत भएर दाँदागिर गरेर भ्रष्टाचार र अनियमितता...

पुरा पढ्नुहाेस्

हुम्लाको चंखेलीमा जिप दुर्घटनामा परी गम्भीर घाइते भएकाहरूलाई लिन सुर्खेतबाट उड्यो नेपाली सेनाको हेलिकप्टर

1.26K
shares
khanepani bord

हुम्ला । हुम्लाको चंखेलीमा जिप दुर्घटनामा परी गम्भीर घाइते भएकाहरूलाई लिनका लागि नेपाली सेनाको हेलिकप्टर हुम्ला उडेको छ । सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर हुम्लाका लागि उडिसकेको हुम्लाका डीएसपी शंकर पोखरेलले जानकारी दिए ।

चंखेली गाउँपालिका-४ बेशी खोला स्थितभित्री सडक खण्डमा मेल्छामबाट पिप्लाङ तर्फ जाँदै गरेको कर्णली प्रदेश ०२००१ च १०९१ नं. को डबल क्याप जिप अनियन्त्रित भई सडकदेखि ३०० मिटर तल खस्दा १२ जना घाइते भएका थिए ।

घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर छ । उनीहरूको उद्धार गरी उपचारका लागि स्थानीय पिप्लाङ बर्थिङ सेन्टरमा पुर्‍याइएको छ । तर त्यहाँ उपचार सम्भव नभएकोले थप उपचारका लागि नेपालगञ्ज पठाउने तयारी स्वरूप हेलिकप्टर माग गरिएको उनले बताए ।

IME
khanepani